नारायणगढ–मुग्लिन सडक खण्डको बीच बाटोमा यात्रुहरु अलपत्र

चितवन,साउन २९ । नारायणगढ–मुग्लिन–, मुग्लिन–काठमाडौँ सडक खण्डका विभिन्न ठाउँमा गएको बाढी पहिरोका कारण अवरुद्ध सवारी आवतजावत ठप्प बनेको छ । कुनै सवारी साधन आवतजावत गर्न सकेका छैनन् । निरन्तर बर्षा भइरहेको छ ।
नारायणगढ–मुग्लिन,मुग्लिन–काठमाडौ सडकखण्ड अबरुद्ध हुँदा काठमाडौँ,पोखरा, चितवन आवत जावत हुने यातायातको पहुँच ठप्प भएको छ । यात्रा लागि आवतजावत गर्ने यात्रुहरु बीच बाटोमा अलपत्र भएका छन् । निरन्तर बर्षाका कारण सडक मर्मत गर्न सकिने अवस्था छैन । पोखराबाट काठमाडौँका लागि आएका सवारी साधनहरु मुग्लिन पारि रोकिएका छन् ।

नारायणगढ–मुग्लिन सडकको कालिखोला, सेती दोभान, चारकिलो र नौकिलोमा पहिरोले सडक अवरुद्ध हुँदा सवारी आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *