डा. केसीका माग तत्काल संबोधन गरेर अनसन तोडाउने मन्त्री श्रेष्ठको भनाई

काठमाडौं, साउन २८ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा विधेयकमा छुटेका केही विषयलाई समेटेर पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौंमा आज गरिएको साक्षात्कारमा मन्त्री श्रेष्ठले अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको भन्दै उनका माग सम्बोधन गरेर छिट्टै अनसन तोडाउने दाबी गरे ।

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।

शिक्षामा सुधार गर्न उच्चस्तरीय समिति गठन भइसकेकाले अब चाँडै आमूल परिवर्तन ल्याइने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *