नयाँ शक्तिबाट वडामा महिला उम्मेदवार मात्र

नयाँ शक्ति नेपालले आसन्न स्थानीय तह निर्वाचनका लागि टीकापुर नगरपालिकाको एउटै वडामा महिला उम्मेदवार मात्रै खडा गरेको छ । सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको नयाँ शक्तिले वडा नं ७ मा उपप्रमुख पदसहित बाँकी सबैमा महिलालाई उम्मेदवार बनाएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले जानकारी गराए । उनका अनुसार उपप्रमुखमा उक्त वडाका केशवती चौधरी, वडाध्यक्षमा कमलादेवी शाह, महिला सदस्यमा बुना चौधरी, दलित महिला सदस्यमा कवितादेवी विक र खुला सदस्यमा सवितादेवी चौधरी र सुस्मिता चौधरीको उम्मेदवारी परेको छ ।

महिलालाई पनि समाजको नेतृत्व दिनुपर्छ भन्ने मान्यताका साथ वडामा सबै महिला उम्मेदवार बनाएको नयाँ शक्तिका टीकापुर नगर संयोजक हरि तिमिल्सेनाले जानकारी गए। ‘उहाँहरुको समाजसेवा गर्ने उच्च मनोबल देख्यौं,’ उनले भने,‘त्यही भएर सबै महिलालाई उम्मेदवार बनाएका हौ।’

उपप्रमुखका उम्मेदवार चौधरीले आफूहरु नेतृत्व गर्न सक्षम भएकाले उम्मेदवारी दिएको बताए । नयाँ शक्तिले सङ्घीय समाजवादीबाट प्रमुख पदमा उठेका गोवद्र्धन विकलाई सघाउने भएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =