बाढी प्रभावित जिल्लाहरुमा नेपाली सेना यसरी उद्धारमा जुटे

काठमाडौं, साउन २८ । शुक्रबार परेको अविरल वर्षाको कारण ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, सिन्धुली, चितवन, बाँकेलगायत जिल्लामा आएको बाढी तथा डुबानपछि नेपाली सेना उद्धारमा जुटिरहेको छ । डुबानमा परेका इलाकाहरुमा नजिकै तैनाथ नेपाली सेनाको युनिटहरु खोज तथा उद्धार कार्यमा लागिरहेको सेनाले जनाएको छ ।

बढी प्रभावित सुनसरी र मोरङमा शुक्रबार मध्यरातबाट नै खोज तथा उद्धारको लागि फौजहरु परिचालित भइरहेका छन् । सुनसरीमा डुबानमा परेको जानकारी पाउनासाथ डुबान प्रभावित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान तथा अन्य सहयोगको लागि फौज परिचालन गरिएको सेनाले जनाएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिकामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोबाट ज्यान गएका ४ जनाको शवलाई पहिरोबाट निकाल्न र पहिरोमा परेका एक जनाको जिवितै उद्धारमा  सेनाले सहयोग गरेको छ।  

बाँकेमा समेत खोज तथा उद्धार कार्यको लागि सेनाले काम गरिरहेको छ । सुर्खेतबाट सेनाको हेलिकोप्टर ल्याएर समेत उद्धारको काम भइरहेको छ ।  बाढी तथा डुबानमा परेका स्थानीय बासिन्दाको खोज तथा उद्धार कार्यमा मद्दतको लागि दुईवटा मोटरबाट चल्ने डुंगा र एक वटा रबर बोट लगायत अन्य आवश्यक इक्वीमेन्टसहति तीनवटा रेस्कू टिम तयारी अवस्थामा रहेको सेनाले जनाएको छ । 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *