‘नेपाल उच्च शिक्षा मेला’ शुरु

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २८ । ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित आजदेखि काठमाडौँमा ‘नेपाल उच्च शिक्षा मेला’ शुरु भएको छ । मेलाको उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गर्दै उच्च शिक्षाको गुणस्तरलाई सुधार गर्न सरकार प्रयाशरत रहेको र त्यसमा सफलता नजिक रहेको बताउनुभयो ।
उहाँले उच्च शिक्षाका लागि विदेशको पढाइ मात्रै राम्रो भन्ने भ्रमलाई चिर्दै नेपालको पढाइ पनि उत्कृष्ट छ भन्ने सन्देश दिन नेपालका विश्वविद्यालय र कलेजले थप मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । यस्तो मेला सरकार र विश्वविद्यालय आफैँले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले निजी क्षेत्रबाट भए पनि प्रयास शुरु भएकामा यसको सराहना गर्नुभयो ।
मेलामा ४० भन्दा बढी नेपाली कलेज सहभागी रहेको आयोजक एजुकेशन डटकमका निर्देशक तारामान रावलले जानकारी दिनुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित