जलमग्न बिराटनगर !
२०७४ जेठ १५ गते

“काठमाडौं, साउन २८ । निरन्तर बर्षाका कारण बिराटनगर विमानस्थल परिसर लगायतका आसपास जलमग्न भएको छ । अहिले विमानस्थलभित्र आवतजावत ठप्प छ । बिमानस्थलसँगै बिराटनगर अस्पतालभित्र पानीको मात्रा बढेको छ ।
बिमानस्थल नजिकै रहेका मोटरसाइकल वर्कसप जलमग्न भएका छन् । स्थानीय बासिन्दाका अनुसार विराटनगरमा यो ०४५ सालपछिकै ठूलो डुबान हो । विराटनगरको कोसी राजमार्गले छुने बरगाछी, मुनालपथ, बिजुली बजारदेखि महेन्द्र चोक डुबानमा परेको छ।
त्यसैगरी, वडा नम्बर ३, ५ र ६ बढी डुबानमा परेको छ। महानगरका अधिकांश भित्री राजमार्ग डुबानमा छन्। खुला ठाउँदेखि स्थानीयका घरभित्रसम्मै पानी पसेको देख्न सकिन्छ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








