संसारलाई बदल्नु छ सुरु आफैँबाट गर्नु छ (हेर्नुस्,बनस्थलीस्थित खरिबोटको यो भिडियो)

काठमाडौँ,भदौ १ । तपाईँले लाइनमा बसेर व्यवस्थित तरिकाले गाडी चढ्नु भएको नेपालमा कहीँ कतै देख्नुभएको छ ? पक्कै पनि देख्नु भएको छैन होला । त्यसो हो भने एक पटक राजधानीको बनस्थलीस्थित खरिबोटका अनुशासित यात्रुहरुलाई हेरौँ ।
जहाँ यात्रुहरु लाइनबद्ध भई सवारीमा यात्रा गर्न तत्पर देखिन्छन् । यो नियम न त सरकार आएर सिकाएको हो न त यातायात व्यवस्था विभाग ले नै । यात्रुहरु आफै नै सवारी चढ्नका लागि लाइनबद्ध भएका हुन् । डा. योगि विकासनन्द भन्थे नि‘संसारलाई बदल्नु छ सुरु आफैबाट गर्नु छ ।’ सबैले यो नियम अब पालना गरौँ ।
सवारी यात्रा होस् या अन्य कुनै कामहरू होउन् अब हामीले पनि आफ्नो तर्फबाट यस्तो नियम बसाल्न जरुर छ । आजैबाट सबैले यो नियमलाई अवलम्बन गरेर चोक, टोलबाट सुरु गर्ने कि ? आफैले आफैलाई प्रश्न गरौँ । एउटा प्रेरक भनाइँ नै छ नि ‘कर्म गर तर फलको आशा नगर ।’ अब हामी आफै जागरुक हुन जरुरी छ । जब हामी आफै जागरुक हुन्छौ देश आफै जागरुक हुनेछ ।
राजधानीमा सडकको अवस्था हेरिसक्नु छैन । माना रोप्यो भने मुरी उब्जिने हिलाम्य छ । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र राजधानीको सडकको खाल्डाखुल्डी पुर्न निर्देशन दिएपनि त्यो सम्भव नै थिएन र छैन पनि । किनकि सडकको अवस्था हामीले देखेका नै छौँ । त्यस कारण अब जनता आफै नै सजग हुने दिन आएको छ । मैले गरेर के पो हुँदैन र मैले नगरे के हुँदैन ? सबैले मनन गर्न जरुर छ । एक अर्का तथा राजनीतिक दललाई दोषारोपण गरेर अब हुने केही छैन ।
https://youtu.be/55gL7QXMKeQ








