प्रदेशको निर्वाचनपछि संसद्को निर्वाचनमा जानुपर्ने अध्यक्ष यादवको भनाइ

काठमाडौं, साउन २७ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नं प्रदेशमा स्थानीय निकायको निर्वाचनमा बढी बहुमत ल्याउन र आफ्नो बाहुल्यता बढाउन तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गरिरेहेको आरोप लगाउनुभएको छ ।

कार्यकर्ता प्रशिक्षणका क्रममा सप्तरी पुग्नुभएका अध्यक्ष यादवले पत्रकारहरुसंग कुरा गर्दै तीन ठूला दलले तेस्रो चरणको निर्वाचनमा प्रदेश नं. २ मा घेराबन्दी गरी निर्वाचन गराउन लागिएको बताउनुभयो । अध्यक्ष यादवले तीन ठूला दलले प्रदेश नम्बर २ मा सत्ता शक्तिको जति दुरुपयोग गरे पनि अब हुने स्थानीय निर्वाचनमा आफ्नो पार्टी पहिलो स्थानमा रहने दाबी गर्नुभयो ।

मधेसी जनताको हकहितका लागि राष्ट्रिय जनता पार्टी (राजपा) लागे पनि निर्वाचनमा नजाने दुःखद विषय भएको बताउँदै उहाँले वर्तमान सरकारले संविधान संशोधन गरेर भए पनि राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *