चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं, साउन २७ । संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ। समितिले विधेयकको विवादित दफा संशोधनसिहत पारित गरेको हो ।

समितिले गठन गरेको कार्यदलले उपत्यकामा पाँच वटा मेडिकल कलेजले सम्बन्धन पाउनेगरी बुझाएको प्रतिवेदनमा रहेको विवादित दफा १३ को उपदफा ६ मा ‘यस ऐन अनुसार आयशपत्र पाएका मेडिकल, डेन्टल र नर्सिङ विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा मापदण्ड पूरा गरिसकेका शिक्षण संस्थालाई सम्बन्धन दिन बाधा पर्ने छैन’ भनेर संशोधन गरिएको छ ।

यसअघि ‘यो ऐन प्रारम्भ हुनुअघि सम्बन्धित निकायबाट आशयपत्र प्राप्त गरेका संस्थालाई सम्बन्धन दिन बाधा पर्नेछैन’ भन्ने उल्लेख थियो । अब चिकित्सा शिक्षा ऐन बनेपछि ऐन अनुसार बन्ने चिकित्सा शिक्षा आयोगले निर्धारण गरेका मापदण्ड भित्र पर्ने मेडिकल कलेजहरुले मात्र सम्बन्धन पाउनेछन् । तर, नयाँले भने उपत्यकामा १०वर्ष सम्म सम्बन्धन पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *