राजपा र सरकारबीच सहमति

काठमाडौं, साउन २७ । राष्ट्रिय जनता पार्टी र सरकारबीच संविधान संसोधन प्रस्ताबको प्रक्रिया अगाडी बढाउने सहमति भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा भएको दुई पक्षका नेताहरुविचको छलफलमा संसदमा विचाराधिन संविधान संशोधन विधेयक तत्काल निर्णयार्थ पेश गर्ने सहमति भएको हो ।

यो सहमतिले अव मधेशमा राजपासहितको चुनाव करिव सुनिश्चत भएको छ । छलफलमा राजपा नेताहरुले सरकारलाई संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्न आग्रह गरेअनुसार सरकारले आइतबारै विधेयक पेश गर्ने सहमति भएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । बैठकमा राष्ट्रिय जनता पार्टीले संविधान संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्दै आसन्न प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा भाग लिने प्रतिवद्धता पनि जनाएको छ ।

छलफलमा जनआन्दोलन र जनयुद्धका घाइते तथा शहिदलाई बराबर क्षतीपुर्ति दिने सहमति पनि भएको छ । त्यसैगरी राजपाका नेता कार्यकर्तामाथि लगाएको मुद्धा फिर्ता र फैसला भएको मुद्धाको विगो पनि सरकारले लिने सहमति भएको गृहमन्त्री शर्माले जानकारी दिनुभयो । तत्काल संविधान संशोधन विधेयकलाई निर्णयार्थ पेश गर्ने सहमति सरकारसँग गरिएको राजपा नेता शरतसिंह भण्डारीले बैठकपछि जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *