अमेरिकामा गायिका अन्जु पन्त

साउन २७, अमेरिका । गायिका अन्जु पन्त अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको कार्यक्रमको लागि अमेरिका पुगेकी छिन् । इनासले पहिलो प्रस्तुतिको लागि कलाकार अन्जु पन्तलाई बोलाएको हो । अगस्ट १३ तारिख अर्थात अाउदो आइतबार हुने कार्यक्रमको तयारीका विषयमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा गायिका अन्जु पन्तको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमै उपस्थित भएकी गायिका पन्तले आफ्नो चर्चित गीत ‘नबिर्से तिमिलाई, नपाए तिमिलाई’ बोलको गीतको एक अंश सुनाउँदै आफू अमेरिकाका दर्शक माझ यस्तै गीतहरुको कोशेली बोकेर आएको बताइन ।

ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामा, ईनास अमेरिका भर्जिनिया शाखाका अध्यक्ष गोविन्ददाश श्रेष्ठ तथा रमेश मैनालीले समेत मन्तब्य राखेका थिए भने सञ्चारकर्मीले केही जिज्ञासा समेत राखेका थिए ।

ईनासका सल्लाहकार तथा वरिष्ठ गायक मधु क्षेत्रीले अन्जु पन्तको बारेमा बोल्दै अहिले पनि नेपाली गायिकाको कमी रहेको र आफ्नो पालामा पनि कमी रहेको बताए । गायक क्षेत्रीले अन्जु पन्तको गीत सुनेपछि राम्रो लागेको बताए । उनले कार्यक्रममा अन्जु पन्तलाई पाउनु ईनासको सौभाग्य भएको भन्दै यो अवसर नगुमाउन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *