मिस नेपालगन्ज सुरु हुदै

लोकेन्द्र थापा । नेपालगन्ज । मिस नेपालगञ्ज २०१७ आयोजना हुने भएको छ  । आयोजक एक्स जेनेरेशनले आज नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी यही असार ३ गते प्रतियोगिता फाइनल राउन्ड सञ्चालन हुने जानकारी गराएको हो । २०११ बाट प्रतियोगीता सञ्चालन भएकोमा यो चौथो संस्करण हो ।

विधित कारण तथा समस्याले प्रत्येक बर्ष आयोजन गर्न समस्या भए पनि यस बर्ष भने प्रतियोगीता सञ्चालन गरीएको आयोजकले जानकारी गरायो । प्रतियोगितामा बाके जिल्लाका नेपालगञ्ज र कोहलपुरका गरी १० जना प्रतिस्र्धीहरु छनोट भएका छन् । प्रतियोगीतामा १६ देखी २४ बर्षका युवतीहरुको सहभागीता रहेको छ ।

प्रतियोगीमा विभिन्न १० वटा विधामा पुरस्कारहरु पनि प्रदान गरीने छ ।प्रतियोगीताको कोरीयोग्राफर सृष्टि घिमिरेले गर्नुभएको छ । प्रतियोगीतामा फेसन राउन्ड, इनल्याकसन राउन्ड, ट्यालेन्ट राउन्ड , कल्चर राउन्ड र गाउन राउन्डमा प्रतियोगीता सञ्चालन हुने छ।

प्रतियोगितामा सहभागिता जनाएकी बाँके कोहलपुरकी कल्पना बोगटी इन्जिनियरकी विद्यार्थी हुन् । उनी मिस नेपालगञ्ज २०१७ प्रतियोगीताको एक प्रतियोगी हुन् । उनी आफुलार्इ प्रतियोगीतामा आउनु भन्दा पहिले घरपरिवारले सहयोग नरहेको तर अहिले आफुले यस प्रतियोगीताको बारेमा घरपरिवारलार्इ बुझाएकोले सहयोग प्राप्त हुनुका साथै आफुले पनि धेरै कुरा सिक्ने अवसर पाएको बताँउछिन् ।

त्यस्तै नेपालगञ्जकी अर्की प्रतियोगी दिपिका श्रेष्ठ समाजले यस क्षेत्रलार्इ नकारात्मक रुपमा भन्दा पनि सिक्ने अवसरको प्लेट र्फमका रुपमा लिनुपर्ने बताँछिन् । बोल्न पनि डराउथे तर यँहा आएर धेरै कुरा सिक्ने अवसर पाएकी छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =