राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा,

काठमाडौँ, माघ १९ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ हजार मतपत्र छपाइ गरेको छ ।

८ प्रकारका १२ हजार प्रति मतपत्र छापिएको आयोगले जनाएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचित गर्नुपर्ने हुन्छ । २४ जना उम्मेदवार राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएपछि अब ३२ जना सदस्यहरूले मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्ने आयोगले जनाएको छ ।


निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री २१ गतेभित्र निर्वाचन केन्द्रमा पुर्‍याउने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
मतदाताहरूलाई मतसंकेत सिकाउने, मतदान केन्द्रको व्यवस्था र सुरक्षा व्यवस्था लगायतका विषयमा आयोगले काम गरिरहेको उहाँको भनाई छ ।

यसैेबीच, प्रदेश नम्बर ६ को आइतबार बस्ने पहिलो बैठकले सभामुखको निर्वाचनको मिति तोक्ने भएको छ ।

बैठकको तयारीका लागि प्रदेश प्रमुख दुर्गाकेशर खनालको आव्हानमा आज बसेको सर्वदलीय बैठकले पहिलो सभाका एजेण्डाहरु तय गरेको हो ।

प्रदेश सभाको पहिलो बैठकमा सभामुखको निर्वाचन मिति तय गर्नुका साथै अन्तरिम कार्यविधि बारे छलफल गरी पारित गर्ने कार्यसूची तयार भएको छ ।

४० सदस्यीय रहेको प्रदेश नं. ६ मा एमालेबाट २० जना माओवादीबाट १३ जना, काँग्रेसबाट ६ जना र राप्रपाका एक जना सांसद रहेका छन् । चादनी केसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =