गाडीको ठक्करबाट विष्टको मृत्यु भएपछि काभ्रेको बनेपामा तनाव

मङ्सिर ४, काभ्रे । काभ्रेको बनेपा-१० जनागालमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्शन गरेका हुन् । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बा १८ च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो । विष्टको मृत्यु भएको उनका आफन्तले पुष्टि गरेका हुन् ।

विष्टका आफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । स्थानीयको भिडलार्इ नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ । ठक्कर दिने गाडी र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीले सडकमा फुटपातको व्यवस्था गर्न, सडकमा ट्राफिक विटको व्यवस्था गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =