रोहिंग्या शरणार्थीलाई स्वदेश फर्काइने, बंगलादेश र म्यान्मारबीच सम्झौता
२०७४ जेठ १५ गते

यंगुन, मंसिर ७ । बंगलादेश र म्यान्मारबीच रोहिंग्या मुश्लिम समुदायका शरणार्थीहरु फिर्ता गर्ने सम्बन्धी सम्झौतामा सहमती भएको छ ।
म्यानमारको यंगुनमा बंगलादेश र म्यान्मारका प्रतिनिधीबीच बिहीबार सम्झौता भएको हो । म्यानमारको रखाइनमा सैनिक कारबाहीपछि लाखौं रोहिंग्या मुश्लिमहरु म्यानमारबाट पलायन भएका थिए ।
करिव ६ लाखको संंख्यामा बंगलादेश पसेका शरणार्थीलाई पुर्नस्थापन गर्न बंगलादेश सरकारकारलाई निकै नै समस्या भएपछि बंगलादेशले उनीहरुलाई फिर्ता लैजान आग्रह गर्दै आएको थियो ।
सम्झौताअनुसार म्यानमार सरकारले रोहिंग्या मुश्लिमहरुलाई म्यानमार फर्काउने छ । एजेन्सी
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








