अहिलेसम्म १३६ दिन पुग्यो डा. केसीको अनशन

काठमाडौं, साउन २७ । माग एउटै– ‘गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा पुगोस् ।’ तर त्यत्तिका लागि प्रा.डा. गोविन्द केसी ११ पटक गरी एक सय ३६ दिन आमरण अनसन बसिसकेका छन् ।

२०६९ असार २१ गते बाबुराम भट्टराईनेतृत्वको सरकारका पालामा सुरु भएको उनको अनशन खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ । प्रमुख तीन दलदेखि न्यायालयका प्रमुखका हरेक सरकारका पालामा सम्झौता भए तर चाँडै उल्लंघन गरिए ।

पछिल्लो ११औं अनशन बिहीबार १८ औं दिन पुगेको छ । माग पूरा हुने वातावरण अझै बनेको छैन । अनशनका शृंखलासँगै यसका दिनहरूसमेत बढ्दै गएका छन् ।

बुद्धिजीवीहरूले सरकार ‘थेत्तरो’ हुँदै गएको र त्यसको परिणामस्वरूप केसीको जीवन जोखिममा पुगेको बताउन थालेका छन् । दसौं सत्याग्रहमा उनी २२ दिन अनशन बस्नु परेको थियो । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *