उपहमानगरपालिका दोहोरो आन्दोलनमा

काठमाडौं, साउन २७ । कार्यकारी अधिकृतमाथि हातपात गर्नेलाई कारबाही माग गर्दै जनकपुर उपमहानगरपालिकाका कर्मचारीले बिहीबार कार्यालय ठप्प पार्दा स्थानीयले पनि झुटा मुद्दा फिर्ता गर्नुपर्ने भन्दै विद्यापति चोकमा चक्काजाम गरे ।

कार्यालय ठप्प हुँदा सेवाग्राही मर्कामा परे । सर्वसाधारणले सास्ती खेप्नुपर्यो । आजको कान्तिपुरमा खबर छ ।

साउन १७ गते जनकपुरमा सञ्चालित एकिकृत सहरी विकास आयोजनाको स्थलगत निरीक्षण गर्न आएका सहरी विकासमन्त्री प्रभु साहसँगै रहेका कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई जनकपुर ४ विद्यापति चोकमा स्थानीयले कुटपिट गरेको उपमहानगर कर्मचारी युनियन अध्यक्ष कृष्णकुमार झाले आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *