फुल्चोकीमा हिउँ हेर्न जाँदा हराएका जाेन भेटिए

काठमाडौं, माघ १७ । फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक जाेन तामाङ भेटिएका छन् ।

उनी फुल्चोकी जंगलबाट सकुशल भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए।

सिलवालका अनुसार आफन्तले खोजी गर्ने क्रममा ति बालक भेटिएका हुन्। ‘म बच्चा भेटिएकाे ठाउँबाट फर्किंदै छु,’ सिलवालले भने।

ललितपुरको थसिखेलस्थित अजय शिशू सदनमा अध्ययनरत उनी गत बिहीबार फुल्चोकीमा हिउँ हेरेर फर्किदा हराएका थिए। विद्यालयका प्रिन्सिपलसहित ५ र ६ का ११ विद्यार्थी हिउँ हेर्न गएका थिए। कक्षा ६ बाट फुल्चोकी जानेमा तामाङ एक्ला थिए।

प्रिन्सिपलको लापरवाहीले यस्तो घटना भएको अभिभावकको आरोपपछि प्रहरीले विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमालिएकाे थियाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =