‘त्रियुगा नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछौं’

प्रदेश नं १ उदयपुर जिल्ला स्थित त्रियुगा नगरपालिकामा नेकपा एमालेको तर्फबाट बलदेव चौधरीको उम्मेदवारी रहेको छ । कानुन व्यवसायी एवम् सञ्चारकर्मी समेत रहेका चौधरीले त्रियुगा नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेका छन् ।

‘हामीले वार्ड नम्बर अनुसार योजनाहरू निर्माण गरेका छौँ, जसमध्य १६ नम्बर वडालाई सिमेन्टको हब बनाउँछौं भने १५ लाई पर्यटन हब बनाउँछौं त्यस्तै १ र २ वडालाई सांस्कृतिक गाँउ बनाउँछौं र बाँकी वडालाई ‘स्याटेलाइट स्मार्ट सिटी’ बनाउँछौं’ उम्मेदवार चौधरीले बताउनुभयो ।

त्रियुगा खोला नियन्त्रणमा आउन नसक्नु मुख्य चुनौती रहेको नगरपालिकामा वर्षायाममा अधिकांश क्षेत्र डुवानमा समेत पर्ने गरेको छ । जल, जङ्गल एवम् जमिनमा प्रशस्त धनी रहेको त्रियुगा नगरपालिकालाई स्थानीय श्रोत साधनबाटै विकास गर्न सकिने चौधरीको तर्क रहेको छ ।

जनता आवास कार्यक्रम, सहरी विकास कार्यक्रम, वन पैदावार संरक्षण कार्यक्रम लगायतका विभिन्न योजनाहरू सहित अघि बढेका चौधरीले कार्यान्वयन गर्दा आइपर्ने चुनौतीलाई सहजै परास्त गर्ने बताउनुहुन्छ । ‘जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि हुन्छ । हामीले चीन र विहारको उदाहरण हेरेमात्र पनि काफि हुन्छ । राजनीतिको शुद्धिकरण गरेर यस क्षेत्रको विकासमा हामी लागी पर्ने छौँ’ उहाँले भन्नुभयो ।

२०४५ सालदेखि राजनीतिमा सक्रिय चौधरी यसअघि नगर विकास समितिको अध्यक्ष रहीसक्नु भएको छ । नगर विकासको गुरुयोजना समेत प्रस्तुत गरिसकेका चौधरीले त्यस बखत् सरकार परिवर्तन हुनाले योजना कार्यान्वयन गर्न नसकिएको जिकिर गर्नुभयो ।

गरिबका लागी रात्रि विद्यालय, नि शुल्क इन्टरनेट सुविधा, पारदर्शि एवम् जवाफदेही स्थानीय तह उहाँका अन्य योजनाहरू मध्य रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =