माओवादी केन्द्रका मेयर उम्मेदवारको घरमा बम विस्फोट

असार ९, धनगढी । कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका प्रत्याशी गोकर्ण भट्टको घरमा बिहीबार राति बम विस्फोट भएको छ । घटनामा कसको संलग्नता छ भन्ने एकीन भएको छैन । अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको विस्फोटबाट घरका झ्यालका सिसा फुटेको र ढोकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।

विस्फोटन गराउने समूहको खोजी भइरहेको बुढाले बताउनुभयो । भट्ट नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवम् ७ नं प्रदेश प्रमुख लेखराज भट्टका भाइ हुनुहुन्छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =