हिन्दी भाषामा भाषण गर्ने नेताको जनकपुरमा पुत्ला दहन !

जनकपुरधाम, माघ २३ । प्रदेश नं २ मा भाषा विवाद बढेको छ । प्रदेशसभा बैठकमा हिन्दी भाषामा सम्बोधन जनकपुरमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको पुत्ला जलाइएको छ ।

स्थानीय युवाहरुले मैथिली, भोजपुरी र अन्य मातृभाषालाई वेवास्ता गर्दै हिन्दी भाषामा सम्बोधन गरेको भन्दै दुई पार्टीको पुत्ला जलाएका हुन् । जनकपुरको जानकी चोकमा दुवै पार्टीको पुत्ला बनाएर जलाईएको थियो ।

माघ २१ गते जनकपुरमा भएको प्रदेशसभा २ को बैठकमा फोरम र राजपाका सांसदहरुले हिन्दी भाषामा सम्बोधन गरेका थिए ।

पुत्ला दहनको क्रममा स्थानीय युवाहरूको प्रहरीसँग पुत्ला खोसाखोस भएको थियो ।

मातृभाषामा नगरी हिन्दीमा संम्बोधन गरेकाले विरोध जनाएको स्थानीय युवक सुशील कर्णले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =