दुई कोरियाबीच पहिलो पटक उच्चस्तरीय वार्ता हुँदै
२०७४ जेठ १५ गते

काठमाडौं, पुस २५ । दुई कोरियाबीच पछिल्लो दुई वर्षमा आज पहिलो पटक उच्चस्तरीय वार्ता हुँदैछ । उत्तर कोरिया र दक्षिण कोरियाबीच स्थानीय समय अनुसार बिहान १० बजे उच्चस्तरीय वार्ता हुन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
दक्षिण कोरियाको प्रस्तावमा दुई देशबीचको सीमा क्षेत्रमा वार्ता हुने तय भएको हो । पछिल्ला दुई वर्षमा दुई कोरियाबीच पहिलो पटक उच्चस्तरीय वार्ता हुन लागेको हो । वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै पछिल्लो दुई वर्षमा यी दुई मुलुकबीच पहिलो पटक छलफल हुन लागेको हो ।
वार्ताले दुई कोरियाबीचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विश्व समुदायले चासोका साथ हेरिरहेको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








