संविधान संसोधन गर्ने माग राष्ट्रघाती


मकालु खबर
साउन ११, काठमाडौं । मधेशका रहेका रैथानेहरु अंगिकृत नागरिकताधारीहरुबाट पिडित रहेको रैथाने एकता परिषद्ले बताएको छ । मधेश आन्दोलन र संविधान संसोधनका नाममा बाहिरबाट मधेशमा आएर अंगिकृत नागरिकता लिएकाहरुले सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा ओझेलमा पारेको बताएको हो ।
पाँच महिना अघि संविधान संसोधनको विषयलाई लिएर मधेश क्षेत्रमा भएको आन्दोलनको प्रतिकार गर्दै संगठित भएको परिषद्ले अंगिकृत नागरिकता धारी राजेन्द्र महतो र तीनको राष्ट्रिय जनता पार्टीका कारण मधेशी युवाहरु र रैथानेहरु अघि बढ्न नसकेको बताए । ‘मधेशका रैथानैहरु मधेशका नाममा आन्दोलन गर्ने अंगिकृत नागरिकता धारण गरेकैहरुबाट पिडित छन् ।’ रैथाने एकता परिषद्का केन्द्रिय अध्यक्ष विजय थापाले बताए । उनले राष्ट्रिय जनता पार्टीले उठाएको संविधान संसोधनको मुद्दा राष्ट्रघाती भएको भन्दै राजेन्द्र महतो लगायत मधेशका नाममा राजनीति गर्नेहरुले मधेशका रैथानेलाई अघि सारेर राज्यसँग वार्गेनिङ गरेको आरोप लगाए । ‘राजपा र तीनका नेताहरुले संविधान संसोधनका नाममा मधेशका रैथानेलाई अघि सारेर वार्गेनिङ गर्ने काम गरेका छन् ।’ उनले भने ।
थापाले आफुहरुले संविधान संसोधनका नाममा ५ महिना अघि गरिएको मधेश आन्दोलनको प्रतिकार गरेको भन्दै मधेशका रैथानेहरुको हक अधिकारका विषयमा आन्दोलन गर्दै राष्ट्रघाती काम गर्ने अधिकार कसैलाई नभएको बताए । ‘अहिले मधेशका नाममा जसले संविधान संसोधन गर्नुपर्छ भन्दैछन् त्यो राष्ट्रघाती कदम हो यसका विरुद्ध मधेशवादी युवाहरु शशक्त प्रतिकारमा उत्रन्छन् ।’ उनले भने ।
संविधान संसोधन राष्ट्रिय हितमा नरहेको भन्दै आएको नेकपा एमाले र रैथाने विचको अन्र्तसम्बन्ध त छैन ? भन्ने प्रश्नमा थापाले एमालेसँग राष्ट्रियताका सवालमा एजेण्डा मिलेपनि रैथाने एकता परिषद् कुनै राजनीतिक दलको पुच्छर नभएको जिकिर गरे । गत सातादेखि राजधानीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको परिषद्ले मधेशमा स्थानीय निकायका निर्वाचन अपरिहार्य भएको र मधेशका मुद्दाहरु स्थानीय जनप्रतिनिधीहरुबाटै समाधान हुने बताएको छ ।

मधेशका सिराहा, सप्तरी, उदयपुर, बारा पर्सा, महोत्तरी, सर्लाही जस्ता क्षेत्रमा संगठन विस्तार गर्दै आएको परिषद्ले प्रदेश नं. २ मा तोकिएकै मितिमा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताएको छ । यसले राजपाले निर्वाचनमा सहभागी भएर मधेशका रैथानेहरुका हक अधिकार सुनिश्चित गर्न सहयोग गर्नुपर्ने औल्याए ।
परिषद्ले राष्ट्रियताका मुद्दासँगै सामाजिक भ्रष्टाचारका विषयमा पनि औला उठाएको छ । यसले नेपाल आयल निगमका प्रमुख गोपालबहादुर खड्काले २२ जना मधेशी युवाहरुलाई निगममा रोजगारी दिलाई दिने भन्दै प्रति युवा डेढ लाख रकम खाएको दावि गर्दै उक्त युवाहरुको पैसा अविलम्ब फिर्ता दिन भनेका छन् ।
मकालु खबरसँगको फोन सम्पर्कमा थापाले आफुहरुसँग ती युवाहरु सम्पर्कमा रहेको र निगमका खड्काले फैसा फिर्ता नदिए यहि १७ गतेदेखी आन्दोलन नै गर्ने चेतावनी दिए । ‘हामीसँग खड्काले पैसा खाएको प्रमाण पनि छ, १७ गतेभित्र उक्त रकम फिर्ता नदिए आयल निगम घेराउ गर्दै आन्दोलनमा जान्छौं ।’ उनले भने । मकालु खबरले खड्काले पैसा खाएको प्रमाण के छ र, ती युवाहरु कहाँ छन् भन्ने प्रश्न गर्दा परिषद्का थापाले प्रमाण आफुहरुसँग रहेको र १७ गते पछि सार्वजनिक गर्ने बताए ।
साथै उनले निगमले तेल भण्डारणका नाममा चितवन, सर्लाही, झापा, रुपन्देहीमा जग्गा खरिद गर्ने नाममा खड्काले करोडौं घोटाला गरिरहेको, आफ्नै नाममा प्रेटोल पम्प दर्ता गरेको, निगमको पैसा विभिन्न बैंक र ब्यक्तिहरुको सेटिङमा ब्याजमा लगाएर आर्थिक हिनामिना गरेको भन्दै सोको विरुद्ध भण्डाफोर अभियान नै सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =