चिकित्सा शिक्षा विधेयक, कार्यदलबाट पास गर्ने तयारी

साउन २६, काठमाडौं । संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदलले मनमोहन, बी एन्ड सी मेडिकल लगायतका कलेजलाई सम्वन्धन दिन सकिने गरी चिकित्सा शिक्षा विधेयक पास गरेको छ । अब केहीबेरमा समितिको पूर्ण बैठक बस्नेछ र विधेयक पेश हुने कार्यदल सदस्य रामहरि सुवेदीले बताए ।

स्रोतका अनुसार कार्यदलले सरकारले ल्याएको विधेयकको दफा १३ मा संशोधन गरेको छ । आशयपत्र प्राप्त गरी सम्वन्धित निकायले तोकेको पूर्वाधार भएको र निरीक्षण अनुगमन भइसकेकालाई सम्वन्धन दिन सकिने गरी संशोधन गरेको छ ।

यो संशोधन हुबहु पास भएमा काठमाडौंमा मनमोहन, बिर्तामोडको बी एण्ड सी लगायतका आशयपत्र प्राप्त मेडिकल कलेजले सम्वन्धन पाउनेछन् । यो विधेयक लागू भएपछि उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने दफा १२ मा भने कायमै राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *