रक्सी उद्योग विरुद्ध आन्दोलन जारी

साउन २६, गरुडा । क्षतीपुुर्ती तथा कार्यवाहीको माग सहित किसानहरूले पछिलो तिनदिन देखी सुुरुगरेको ज्योति डिस्टिलरी विरुद्धको आन्दोलन आज तेस्रोदिन पनि जारीराखेका छन् । किसानहरूले शुुकदेव चौकमा बिहान आठबजे देखी १२ बजेसम्म चारघन्टा चक्काजाम गरेका थिए । यसअघि मङ्गलवार जिल्ला कृषि कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

कटहरिया गाउपालिका ६ पिपरापोखरीयामा ज्योति डिस्टलरीले भण्डारण गरी राखेको रसायनयुक्त पानी बर्षासंगै आएको बाढीको पानीमा मिसाएको कारण हजारौँ विघा धान तथा उखुबाली नष्ट भएको भन्दै किसानहरू उद्योग सञ्चालक माथि कानुनी कारबाही र क्षतिपूर्तिको मागगर्दै आन्दोलित भएका हुन । ज्योति डिस्टलरीले गएको साउन १९ गतेका वर्षा सँगै झाझ नदीमा आएको बाढीको पानीमा रसायनयुुक्त पानी मिसाउदा स्थानीय सरुअठा, पचरुखी, राजपुरतुलसी, भेडियाही, झुनखुनवा, जेठरहिया लगायत सो क्षेत्रका झन्डै दुुईहजार बिघामा धान तथा उखुबाली नष्ट भएको पीडित किसानहरूको दाबी छ ।

नेकपा एमालेका नेता एवं गौर नगरपालिकाका मेयरका उमेदवार शम्भुु साहले किसानको समस्या समाधान अथवा पीडितलाई क्षतीपुर्ती तथा दोषीलाई कार्यवाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । जिल्ला कृषि कार्यालय गौरका प्रमुख राजनारायण यादवले वास्तविक पता लगायन गलेको धानबाली र पानीको नमुुना जाँचको लागी बुुधवार रोनाष्टमा पठाइएको बताएका छन् ।

सिडिओ उद्धव बहादुर थापाले २०७१ साल ज्योति डिस्टिलरीलाई आठ करोडरुपैया जरिवानाको फाइल उच्च अदालतबाट जिल्ला प्रशासन कार्यालय रौतहटमा आएको तथा अनुुसंधान भइरहेको बताए । ज्योति डिस्टलरीका सञ्चालक ओम प्रकाश जैसवालले आफुुुनिर्दोष रहेको बताएका छन् ।

२०७१ साल साउन २९ गते श्रीराम सुगर मिल्स गरुडा र ज्योति डिस्टिलरीले बाढीको पानीमा उधोगको रसायनयुुक्त पानी मिसाउदा दुुईहजार सातसय बिघा धान तथा उँखुुबाली नष्ट भएको थियो । जिल्ला प्रशासन कार्यालय रौतहट तथा गृह मन्त्रालय बाट आएको टोलीले सो ताका स्थलगत निरिक्षण गरी ज्योतिलाई आठकरोड तथा श्रीरामलाई दुुईकरोड ५०लाख क्षतीपुुर्ती तिराउने निर्णय गरेको थियो । सो पश्चात् उधोगीहरु तत्कालीन पुुनरावेदन अदालत गएका थिए । उद्योगको विरोधमा दैनिक आन्दोलनका कार्यक्रम जारी रहने पीडित किसानले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *