महाप्रबन्धक शर्माविरुद्ध फेरि दर्ता भयो यस्तो उजुरी
२०७४ जेठ १५ गते

साझा प्रकाशनमा भएको अनियमितता छानबिन गरिरहेको संसद्को सार्वजनिक लेखा समितिमा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माविरुद्ध शुत्रबार अर्को उजुरी दर्ता भएको छ ।
उजुरीमा सुदीपा ट्रेडिङ बल्खु र गणेश इन्टरनेसनललाई २८ मे २०१५ काटिएको दुई वटा फरक-फरक पत्र समावेश गरिएको छ । आजको नागरिकमा खबर छ ।
पत्रमा दुवै संस्थालाई एक लाख प्रति ‘सबैको नेपाली’, ४० हजार प्रति ‘एक चिहान’ तथा ५० हजार प्रति ‘लिंक इङ्लिस’ प्रकशन गर्न भनिएको थियो ।

ती पुस्तक कक्षा ११ र १२ मा अध्यापन गराइन्छ ।
साझाका अध्यक्ष तथा महाप्रवन्धक शर्माको हस्ताक्षर रहेको पत्रमा ३५ प्रतिशत छुट दिइएको छ भने, दुवै सस्थालाई ६०/६० लाख रुपैयाँ एडभान्स बुझाउन भनिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








