मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाईते

सर्लाही , साउन २५ । सर्लाहीको लालबन्दीमामोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा लालबन्दीनगरपालिकाकार्यालयमा गाडी चालकको कामगर्ने लालबन्दी–६ बस्ने ४२ वर्षीय चन्द्रबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । लालबन्दीबाट परवानीपुर जाँदै गरेको ज १ प ९७८४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदागम्भीर घाईते भएकाथापालाई गढिमाई अस्पताल लालबन्दीमा सामान्यउपचार गरि काठमाण्डौ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार्यालयमा गाडी राखेर घर जाने क्रममाजनवादीचौक अगाडि थापालाई मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलचालक परवानीपुर– ८ भुमरा बस्ने २० वर्षीय श्याम स्याङ्गबो र पछाडि बसेका सोही ठाउँका २५ वर्षीय बिचारमान योञ्जन घाईते भएका छन् । घाईते श्यामको अवस्थागम्भीर छ भने बिचारमान सामान्य छन् । श्यामको चितवन मेडिकलकलेज भरतपुर र बिचारमानको गढिमाई अस्पताल लालबन्दीमाउपचार भैरहेको छ । मादकपदार्थ सेवनगरि तीव्र गतिमामोटरसाइकलचलाउँदा दुर्घटना भएको लालबन्दीकाप्रहरी निरीक्षक सेख अदालतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *