पाल्पामा यसरी भेटियो लिङ्गेश्वर महादेवको आकृति

साउन २५, पाल्पा । पाल्पामा लिङ्गेश्वर महादेवको आकृति भेटिएको छ । तानसेन नगरपालिका १० तेल्घामा लिङ्गेश्वर महादेवको आकृति भेटिएको हो ।

करिव ७० मिटरको एउटै ढुङ्गामा विभिन्न मुर्ति बनाउने क्रममा यस्तो आकृति देखिएको हो । भालेवासलाई धार्मीक तथा पर्यटकीयस्थल बनाउदै गरेका केशव कार्कीका अनुसार एउटा खस्नै लागेको ढुङ्गा भित्र यस्तो आकृर्ति देखिएको हो ।

तेल्घा र मदनपोखराको विचमा पर्ने भालेवास अहिले रमणीय स्थान बन्दै गएको छ । ७० मिटरको एउटै ढुङ्गामाथि विभिन्न भगवानका मुर्तिहरु निर्माण गरिएकाले बुटवल तानसेनमा हजारौ यात्रुहरुको आँखा पर्ने गरेको छ । ७० मिटरको एउटै ढुङ्गामा ३३ कोटी देविदेउताको मुर्ति, तिनको वाहन र मन्दिर बनाउने लक्ष्य रहेको कार्कीले जानकारी दिए ।

हालसम्म ५ फिट अग्लो र १२ फिट लामो ढुङ्गाको हात्ती र बुढानिलकण्ठको मूर्ति निर्माण भैसकेको तथा पहिलो चरणमा १३ ओटा मूर्ति तथा आकृति निर्माण गरिने कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *