डोकलाम विवाद बारे दलाई लामाले पहिलो पटक मुख खोले


“
एजेन्सी । सिक्किममा भारत र चीनबिच जारी डोकलाम विवादमा दलाई लामाले पहिलो पटक मुख खोलेका छन् । उनले डोकलाम विवादलाई धेरै गम्भीरताका साथ लिनु नपर्ने बताएका छन् । उनले भने, ‘डोकलाम विवाद धेरै गम्भीर कुरा होइन । भारत र चीन दाजुभार्इ हुन् त्यसकारण उनीहरु एक अर्का सँगै रहनुपर्छ ।’
The #DalaiLama says #Doklam standoff not very serious; India and China have to live side by side
— Press Trust of India (@PTI_News) August 9, 2017
डोकलाम विवाद सुरु भएको लगभग एक महिना भइसकेको छ । यो समयमा भारत र चीनमा युद्धको समेत स्थिती निम्तिएको छ । तर, भारतलाई आफ्नो दोस्रो घर बताउने र चीनको निगरानीमा रहेका तिब्बती धर्मगुरु दलाई लामाले अहिलेसम्म यो तातेको विषयमा केही पनि बोलेका थिएनन् । दलाई लामाले मंगलबार ट्वीटरमा लेखेका थिए, ‘डर र शंकाले हामीलाई साथ हुन दिँदैन त्यसकारण हामीले आफ्नो मुटुमा न्यानोपन पैदा गर्नुपर्ने हुन्छ ।’
Fear and suspicion won’t help us live together. We have to cultivate warm-heartedness.
— Dalai Lama (@DalaiLama) August 8, 2017
भारतले महिना दिनदेखि उक्त विवादलाई सुल्झाउने कोसिस गरिरहेको छ तर स्थितीमा केही सुधार देखिएको छैन ।
“
