सीमानामा हुने अपराधको विषय वस्तुमा चलचित्र ‘दि कर्मा’ निर्माण हुने


“
साउन २५, मकालु खबर । चलचित्र ‘दि कर्मा’ निर्माण हुने भएको छ । तरार्इ भेगमा पर्ने नेपाल र भारतको सिमानामा हुने अपराधको कथालाई यो चलचित्रले उठान गर्नेछ । चलचित्रलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् ।
मानिसले आफ्नो समयमा गर्ने काम र त्यसको प्रतिफलको कथामा निर्माण हुन लागेको यो चलचित्रमा भारतीय कलाकार दीपक आनन्द र करण आहुजाले मुख्य भूमिका निर्वाहा गर्नेछन् ।
चलचित्रका लागि एक नायिकाका खोजी भैरहेको छ भने क्षितिजा शाक्य अनुवन्धित भैसकेकी छिन् । चलचित्रको मुहुर्तमा यसका मुख्य कलाकार नेपाल आउनेछन् । जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको एक्सन प्रधान चलचित्रको छायांकन नेपाल र भारतको सिक्किममा हुनेछ ।
जय राज रायको कथा रहेको यो चलचित्रको छायांकन रामेश्वर कार्कीले गर्नेछन् । जय राज राय र निशा खतिवडाको लगानी रहने चलचित्रलार्इ यसैबर्ष रिलिज गर्ने तयारी गरिएको छ ।
“
