चीनमा ७.० म्याग्च्यिुडको भूकम्प

चीन, २४ साउन । चीनको सिचुवान प्रान्तमा ७.० मयाग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी) ले जनाएको छ ।

स्थानीय समय अनुसार मङ्गलबार साँझ ९ः १५ बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ ।


भूकम्पको केन्द्रबिन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ । भूकम्पबाट उक्त क्षेत्रमा भएको क्षतिबारे समाचार तयार पार्दासम्म केही जनाइएको छैन । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *