देवी ज्ञवालीको सुझाव लिएर अघि बढ्छु : रेणु दाहाल

भरतपुर, साउन २४ । भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी रेणु दाहालले देवी ज्ञवालीको सुझाव लिएर अघि बढ्ने बताएकी छन् । नेपाल महिला संघ चितवनले ७१ औं स्थापना दिवसको सन्द्र्रभ पारेर मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालय नारायणगढमा भएको सम्मान कार्यक्रममा मेयर दाहालले भनिन्, ‘महानगरको विकास र समृद्धिका लागि म देवी ज्ञवालीबाटै सुझाव लिएर अघि बढ्छु ।’ आफू साझा मेयर भएको बताउँदै मेयर रेणुले भनिन्, ‘म सबैलाई साथ लिएर अघि बढ्छु । महानगरलाई समृद्ध बनाउनेछु ।’ उनले भरतपुर महानगरलाई नमुना महानगर बनाएर छोड्छु ।

यस्तै उपमेयर पार्वती शाहले महिला आन्दोलनमा महिला संघका अग्रजहरुको योगदान स्मरण गर्दै पदीय दायित्व पूरा गर्न अहोरात्र खटिने प्रतिबद्धता जनाइन् । चितवन को एकमात्र गाउँपालीका इच्छाकामना गाउँपलिका प्रमुख गीताकुमारी गुरुङले पहाडी गाविसमा काम गर्न चुनौती रहे पनि त्यसलाई सहजका साथ पूरा गर्ने बताइन् ।

कार्यक्रमकी प्रमुख अतिथी नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मीले देशकै केन्द्रमा रहेको भरतपुर महानगर र पहाडी गाउँपालीकामा महिलाले नेतृत्व गर्ने अवसर पाउनु समग्र महिलाको लागी गौरवको कुरा भएको बताइन् । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले महिलाले चलाएको संघ सस्थामा भष्ट्राचार कम हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *