बेलायती महिलालाई अनलाइनबाट बेच्ने कोशिश

काठमाडौं, २४ साउन । इटालीको एक आपराधिक समूहले २० वर्षीया बेलायती मोडललाई अपहरण गरेर मध्यपूर्वका देशहरूमा बेच्ने योजना बनाएको रहस्य खुलेको छ । मोडललाई ‘सेक्स’ का लागि बेच्न खोजिएको थियो ।

क्लोई येलिङ नामक मोडलका वकिल फ्रान्सिस्को पेस्कीले बीबीसीलाई बताएअनुसार अपहरणकर्ताहरूले छोड्नुअघि उनलाई शपिङका लागि लगिएको थियो र उनी ठूलो दबाबमा थिइन् ।

येलिङलाई ब्ल्याक डेथ नामक एक समूहले अपहरण गरेर पाँच दिनपछि छोडेको थियो । उनी फोटोशूटका लागि इटालीको मिलान शहर गएकी थिइन् ।

इटालेली प्रहरीका अनुसार येलिङमाथि दुईजनाले आक्रमण गरेका थिए । उनलाई केटामाइन दिएर बेहोश बनाइएको थियो र अनलाइन बेच्ने कोशिश गरिएको थियो ।

आरोपअनुसार मोडललाई लगभग तीन करोड १० लाख रुपैयाँमा अनलाइनमा बेच्ने कोशिश गरिएको थियो र मोडलिङ एजेन्सीबाट फिरौती समेत मागिएको थियो ।

इटालेली प्रहरीका अनुसार येलिङलाई तुरिनको उत्तरपश्चिमस्थित बोर्जियलको एक भवनमा लगिएको थियो । त्यहाँ हत्कडी बाँधेर उनलाई ६ दिनसम्म एउटा कोठामा बन्द गरिएको थियो ।

यस मामिलामा पोल्यान्डनिवासी लुकास हेर्बालाई हिरासतमा लिइएको छ ।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *