अस्थायी शिक्षकलाई उपचार खर्च वाहेकका सेवा उपलब्ध गराउने

“काठमाडौं, साउन २४ । सरकारले अस्थायी शिक्षकलाई उपचार खर्च वाहेकका सेवा उपलब्ध गराउने भएको छ । उपचार खर्च बाहेक अन्य स्थायी सरह सुविधा दिने तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

अस्थायी शिक्षक संघर्ष समितिले आफूहरुलाई औषधोपचार लगायत स्थायी सरह सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग गरिरहेका छन् । अर्थमन्त्रालयले शिक्षक सेवा आयोगको परीक्षामा फेल भएकालाई पनि सुविधा दिन सहमति जनाएपछि अब शिक्षा ऐनको नवौं संशोधनको बाटो खुलेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *