नेपाल टेलीकमको सेवामा समस्या आउदाँ सेवा ग्राहीलाई हैरानी

गमगढी, साउन २४ । एक सातादेखि नेपाल टेलिकमको सेवामा बारम्बार समस्या आउदाँ सेवाग्राही समस्यामा परेका छन् । नेपाल टेलीकम मार्फत वितरण भएका सिमहरुको सिग्नल आउने, जाने समस्याले सेवाग्राही हैरान भएका हुन ।

नेपाल टेलिकमद्धारा वितरित जिएसएम,सिडिएमए मोवाईल र एडिएसएल ईन्टरनेट सेवाका सिग्नलहरु आउनेजाने गर्दा सेवाग्रहीहरु हैरान भएका हुन् । नेपाल टेलिकम मुगु शाखाका प्रमुख कमलप्रसाद केसीका अनुसार मुगु मात्र नभएर कर्णालीकै ५ वटै जिल्लामा समस्या देखिएको बताउनुभयो । नेटवर्कमै समस्या आउँदा भ्वाईस प्रष्ट सुनिदैन,एडिएसएलको सिग्नल नै छैन र अफिस नेटवर्कमा समस्या देखिएको समेत कार्यालय प्रमुख केसीको भनाई छ ।

संचार सेवामा आएको समस्यहरु बारे क्षेत्रिय कार्यालय नेपालगंजलाई पत्र र मौखिक जानकारी गरिसकेको र क्षेत्रीय कार्यालयले दिएको जानकारी अनुसार नेपालगंजबाट रेडियो लिंक मार्फत पठाईएका डाटा कर्णालीका ५ वटै जिल्लाहरुमा कम भएकाले कहाँको रिपिटर टावरमा डाटा कम भयो भनेर प्राविधिकहरुले दैलेखको रानीमता,कालिकोटको भरता र जुम्लाको माईथाप्ला डाँडामा रहेका रिपिटर टावरमा चेक गर्ने काम भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *