एमाले द्धारा वीरगंज महानगरमा उम्मेदवार घोषणा

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २४ । नेकपा एमालेले तेश्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदरवारको नाम सार्वजनिक गरेको छ । प्रमुखमा बसरुद्धिन अन्सारी र उपप्रमुख सोफिया आचार्यको नाम सार्वजनिक गरेको हो ।
अन्सारी भर्खरै नेकपा एमालेमा प्रवेश गर्नुभएको हो र उहाँ वीरगन्जस्थित नेशनल मेडिकल कलेज का प्रबन्धनिर्देशक हुनुहुन्छ । एमाले महासचिव ईश्वर पोखरेलको उपस्थितिमा एमाले प्रदेश नं २ का बैठकले अन्सारी र आचार्यलाई क्रमशःवीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको घोषणा गरेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित