‘बलु’ हत्याको विरोधमा रुपन्देही बन्द, जनजीवन प्रभावित

बुटवल, पुस २२ । एमालेको भातृ संगठन युवा संघले आह्वान गरेको रुपन्देही बन्दका कारण जनजीवन प्रभावित भएको छ । आफ्ना कार्यकर्ता बसन्त पौडेल ‘बलु’को हत्याको विरोधमा युवा संघले शनिबार रुपन्देही बन्द गरेको हो ।

बन्दका कारण पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल खण्ड भएर चल्ने गाडी ठप्प भएका छन् । बजार पनि बन्द छ ।

रुपन्देहीको देवदह खैरेनीका ४० वर्षीय पौडेललाई देवदह–२ रहेको आफ्नो काष्ठ उद्योगमा बसेर आगो तापिरहेका बेला शुक्रबार बिहान मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेका थिए । दोषीलाई कारबाहिको माग गर्दै युवा संघले बन्दको आह्वान गरेको हो ।

पौडेल रुपन्देही क्षेत्र नम्बर १ का एमाले अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन् । प्रहरीले खोजीरहेका मनोज पुनले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी पौडेलको हत्या आफ्नो समूहले गराएको भन्दै जिम्मा लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =