सय रुपैयाँका लागि यस्तो गरेपछि…

एजेन्सी । पैसाको आर्थिक तनावले मानिसलाई जे गर्न पनि बाध्य पार्छ । तर, यहाँ घुम्नका लागि श्रीमानले सय रुपैयाँ कम दिँदा श्रीमतीले यस्तो कदम उठाएकी छिन् जसलाई सुनेर आश्चर्य नै लाग्छ । जहाँको विजयपुरा रोड निवासी भूमेश (जो मजदूरी गर्छन्)की श्रीमती नीलमले चौथको बरवाडा जानका लागि श्रीमानसँग पैसा मागेकी थिइन् । श्रीमानले श्रीमतीलाई तीन सय रुपैयाँ दिए । तर, नीलमले चार सय रुपैयाँ चाहिने अडान राख्दा श्रीमानले अरू पैसा छैन भने ।

पैसा छैन भनेपछि नीलम रिसाएर आफ्नो माइतीघर जान्छु भन्न थालिन् । श्रीमानले सम्झाउँदा उनले मान्दै मानिन् । त्यसपछि भूमेशले नीलमका भाइसँग कुरा गरेर दिदीलाई सम्झाउन लगाए । भाइले सम्झाएपछि नीलमले अन्तिममा मानिन् र आफ्नो कोठामा आएर सुतिन् र सँगै भूमेश पनि सुतेका थिए । राति तीन बजे जब भूमेशको अचानक निद्रा खुल्यो तब नीलम कोठामा थिइनन् । उनी नीलमलाई खोज्न थाले ।

समाचार अनुसार दोस्रो कोठाको भित्रबाट लक लगाइएको भेटिएपछि भूमेशले आफ्ना भाइ र अन्य परिवारका सदस्य बोलाएर कोठाको ढोका फोडे । भित्र हेर्दा सबैको होशै उड्यो । नीलमले आफ्नो साडीको फन्दा पङ्खामा लगाएर ज्यानै दिइन् । घटनाको सूचना पाउनेवित्तिकै पुलिस घटनास्थल पुगेर शवको पोस्टमार्टमका लागि अस्पताल लग्यो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो खबर जयपुरको कानोता थाना इलाकाको सन्तोष नगरको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 1 =