तेस्रो चरणको चुनावमा राजपाले भाग लिने उपेन्द्र यादवको दाबी

काठमाडौं, साउन २३ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तेस्रो चरणको चुनावमा राजपा नेपालले भागलिने दावी गर्नु भएको छ ।  पाँचथरको फिदिममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह चुनावमा राजपाले भाग लिने दाबी गर्नु भएको हो।

सरकारले प्रदेश नम्बर २ को चुनाव दोस्रो चरणमै नगराएर गलत गरेको टिप्पणी गर्दै अध्यक्ष यादवले जित्ने–हार्नेभन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हुने तर्क गर्नु भयो । छुटेका विषयलाई संविधान संशोधनको माध्यमबाट सम्बोधन गर्नुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *