राप्रपाद्वारा १७ जना केन्द्रीय सदस्य तथा सांसदहरुलाई कारवाही

काठमाडौं, साउन २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ जना केन्द्रीय सदस्य तथा सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको छ ।  आज बसेको राप्रपा बैठकले अनुशासनहिन काम गरेको ठहर गर्दै उनिहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको सहमहामन्त्री राजाराम बर्तोलाले जानकारी दिनुभयो ।

निश्कासनमा पर्नेहरुमा सांसदहरु दिपक बहोरा, सुनील थापा, रेशम लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ, र बबिना लावती मोक्तान सहित १७ जना छन् । निश्कासनमा परेकाहरु पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा आवद्ध भईसकेका छन् । त्यस्तै बैठकले बृहत्तर हित र पार्टी एकतामा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान पनि गरेको छ । राप्रपाले भोली दिउसो केन्द्रीय समिति बैठक बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *