मुख्य सचिवका लागि लविङ गर्दै सुवेदी, तामाङ र शर्मा

काठमाडौं, ६ असार । निजामती प्रशासनको सर्वोच्च पद सरकारको मुख्य सचिवमा को ? भन्ने तर्फ सबैको ध्यान केन्द्रीत हुन थालेको छ । मुख्य सचिव सोमलाल सुवेदीको समय अवधी सकिएकाले नयाँ मुख्य सचिवको खोजी सुरु भएको हो ।
हाल मुख्य सचिवको लाइनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलिया अग्रस्थानमा छन् । थपलिया संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सचिव छन् । तर, उनी मुख्य संचिवले गर्नुपर्ने काम नगरिदिँदा हैरान भएको बताइन्छ । मासिक १८ लाखको जागिर खान एक महिना पछि उनी एडिबीको कर्मचारी बन्दै छन् ।

त्यस्तै दौडधुपमा शान्तराज सुवेदी, धनबहादुर तामाङ, सुमन शर्मा छन् । सुवेदी माओवादी निकट मानिन्छन् । उनको संभावना प्रवल मानिन्छ । उनी सरकारमा रहेको नेकपा माओवादी केन्द्रले पत्याएका सचिव हुन् । उनलाई माओवादीकै रुचिमा अर्थ मन्त्रालय लगिएको थियो । सरकार कांग्रेस र माओवादीको भएकाले शान्तराज सुवेदीले मुख्य सचिवको बाजी मार्ने नेपाल सरकारका अन्य सचिवहरुको दाबी रहेको छ ।
यस्तै, विकल्पमा रुपमा रहेका भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङ र सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राजेन्द्र किशोर क्षेत्री बीच प्रतिस्पर्धा हुने बताइन्छ । तर, तामाङ उमेरहदका कारण असारमै रिटायर्ड हुने र क्षेत्री त्यसअघि नै अनिवार्य अवकासमा जाने भएकाले उनीहरुको सम्भावना केही कमजोर रहेको छ ।
यस अघि नेपाल सरकारको मुख्य सचिवले मुलुकको संघीय ढाँचा अनुसारको कार्यक्रम संचिव मार्फत तयार गरी सरकारलाई सहयोग गर्नुपर्नेमा मुख्य संचिव डा. सोमलाल सुवेदी पद ओगट्ने तर काम नगर्ने क्षमताहीनका रुपमा परिचित भए । जबकि एक बर्षसम्म उनैलाई क्लास खालका एमालेका अहिलेका नेताहरुलाई पनि राजनीतिक प्रशिक्षण दिने खालका संचिव दिनेश थपलिया मन्त्रिपरिषद् संचिवालयमामै थिए ।
अहिले मुख्य संचिव सुवेदीले थुपारेको फोहर सफा गर्न तीन भाईको दौडधुप सुरु भएको छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेका तथा आफ्ना र अरुको छुट्टयाउन नसक्ने शान्तबहादुर श्रेष्ठ, कहिले माओवादी नजिक भए त कहिले एमाले नजिक भए । स्रोतका अनुसार यी अहिले कांग्रेस तीर ढल्केका छन् । उनको सम्बन्ध शिक्षामन्त्री एंव कांग्रेस नेता गोपालमान श्रेष्ठसँग राम्रो रहेको बुझिन्छ ।








