शेयर बजार : ९४ करोडको कारोबार

काठमाडौँ, २३ साउन । धितोपत्र बजारमा आज रु ९४ करोड बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक २.८९ अंकले बढेर एक हजार ६६७.९४ अंकमा पुगेको छ ।

बैंक वित्तीय संस्थाको शेयर किनबेच बढी भएको पाइएको छ । स्टकका अनुसार बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ ।

कूल १५९ कम्पनीको ११ लाख ५७ हजार कित्ता शेयर रु ९४ करोड ६८ लाख पाँच हजार २७३ कारोबार भएको छ ।

स्टकका अनुसार बैंकिङ ०.५२, जलविद्युत् १०.५३ र उत्पादन समूह ३.४४ बिन्दुले घटेको छ भने होटल १९.६५, विकास बैंक ४.११, फाइनान्स १३.९, बीमा ३.३९ र अन्य समूह १३.८८ अंकले बढेको छ । रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *