सुकुम्बासी बस्तीमा झुल वितरण


जेठ १८,भरतपुर । चितवनको सामाजिक संस्था युवा समाज नेपाल नारायणगढ बाह्रघरेले भरतपुर–१३ गंगानगरको सुकमबासी बस्तीमा १५ वटा झुल वितरण गरेको छ । बस्तीका बालबालिकालाई स्टेशनरी सामग्री (कापी, कलम) पनि वितरण गरिएको थियो ।
संस्थाका सदस्य एमपी सप्लायर्स एण्ड डेकोर हाउसका सञ्चालक पदमप्रसाद पौडेलले जन्मदिनको अवसरमा सुकमबासी बस्तीमा झुल वितरण गर्न पाउँदा खुसी लागेको बताए । उनले आफ्नो जन्मदिनमा फजुल खर्च गर्नुभन्दा गरिब बस्तीमा गुणस्तरी झुल वितरण गर्दा समाजमा राम्रो सन्देश जाने कारणले झुल वितरण गरेको बताए ।
युवा समाजका अध्यक्ष केशवप्रसाद रेग्मीको अध्यक्षतामा सुकुमबासी बस्तीका १५ परिवारलाई एक/एक वटा गुणस्तरीय झुल वितरण गरिएको थियो । युवा समाजले सञ्चालन गरेको बालविकास खुत्रुके कार्यक्रमअन्तर्गत गंगानगर शाखाका उत्कृष्ट १५ जना बालबालिकालाई झुल वितरण गरिएको युवा समाजका अध्यक्ष केशवप्रसाद रेग्मीले जानकारी दिए ।
संस्थाका कार्यकारी निर्देशक खगराज ओझाले युवा समाजले खानेपानी, सरसफाइ र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताए । उनले गंगानगरको गरिब बस्तीमा लामखुट्टेबाट बच्नको लागि अन्य सामग्रीभन्दा झुल वितरण उपयुक्त भएको बताए । संस्थाका महासचिव किशोर खनाल र कोषाध्यक्ष पार्वती घिमिरेले बालबालिकालाई स्टेशनरी र झुल वितरण गरेका थिए ।
कार्यक्रम बालविकास खुत्रुके कार्यक्रम गंगानगर शाखाका म्यानेजर उषा तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । युवा समाजले बालविकास खुत्रुके कार्यक्रम १२ ठाउँमा सञ्चालन गरेको छ । यस कार्यक्रममार्फत बालबालिकाले फजुल रूपमा खर्च गर्ने रकम बचत गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 6 =