चितवनमा स्वाइनफ्लुका १०० बिरामी भेटिएपछि…
मकालु खबर
२०७४ जेठ १५ गते
“
चितवन – चितवनमा स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा एएच १ एन १ का एक सयजना बिरामी भेटिएका छन् ।जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले गएको जेठ १९ देखि यही साउन ९ गतेसम्मको प्रतिवेदन अनुसार १३७ बिरामीको परीक्षणमा यसरी एनएच १ एन १ फेला परेको जानकारी दिए ।
भरतपुर अस्पतालमा भाईरल ज्वरोका बिरामी बढेको भन्दै अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले फ्लु ए पोजेटिभका बिरामीसमेत आइरहेको बताए । उनले बढी गर्मी र पानी पर्ने मिक्स समयमा यस्ताखालका बिरामी बढी आउने गरेको जानकारी दिए ।
स्वाइन फ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, जीउ दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्ष्यण हुन्छ । अन्य रोगको संक्रमण भएकालाई अझ बढी असर गर्ने चिकित्सकको भनाइ छ । रासस
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया