जनताको सेवा गर्न तयार नहुने कर्मचारीमाथि कडा कारवाही हुने

साउन २३, मकालु खबर । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले जनताको सेवा गर्न तयार नहुने कर्मचारीमाथि कडा कारवाही हुने चेतावनी दिएका छन् । मन्त्री बस्नेतले जनताको सेवामा हाजिर हुन सबै कर्मचारी तयार हुनु पर्ने बताए । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले दूर्गम भेगमा जाने कर्मचारीको सेवा, सुविधा बढाउन सरकार तयार रहेको पनि स्पष्ट पारे ।

मन्त्री बस्नेतले जतिसक्दो छिटो स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । भने, उनले अन्तरिम व्यवस्था गरेर भएपनि स्थानीय तहमा कर्मचारी पठाउन सरकारले तयारी गरिरहेको बताए । स्थानीय तहमा कर्मचारीको अभाव भईरहेका बेला उनले अब त्यसको व्यवस्थापन गर्न राजनीतिक सहमति जुटाउन सरकार लागि परेको दावी समेत गरे ।

उनले कर्मचारी व्यवस्थापनका लागि संघीय पुनर्संरचना प्रशासनिक आयोगसँग आवश्यक परामर्श भईरहेको बताए । मन्त्री बस्नेतले कर्मचारीहरुको अभावमा स्थानीय तहमा जनताले सास्ती व्यहोर्नु परेको तर्फ सरकारको ध्यानाकर्षण भईरहेको समेत बताए । मन्त्री बस्नेतले कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्दै, उनले कर्मचारी प्रशासन भित्र राजनीति हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *