राप्रपाको चुनावी घोषणापत्र : ‘राजासहितको प्रजातन्त्र र धर्मसापेक्ष हिन्दूराष्ट्र’

कात्तिक २१, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा ‘राजासहितको प्रजातन्त्र’ र ‘धर्मसापेक्ष हिन्दुराष्ट्र’लाई प्रमुख एजेन्डा बनाइएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजिन घोषणापत्रमा संवैधानिक राजसंस्थालाई निरन्तरतासहितको परिवर्तनका रुपमा समावेश गरिन लागेको हो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलन गर्न राप्रपाले हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक राज्य प्रणालीलाई प्रमुखताका साथ उठाएको छ । पार्टीले स्थापनाकालदेखि नै यिनै विषयलाई दीर्घकालीन कार्यदिशा बनाएको थियो ।

‘राष्ट्रियता, सनातन धर्म, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा आत्मसात गरिएको छ,’ राप्रपाको घोषणापत्रमा लेखिएको छ ।

राप्रपाले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुस्र्थापना गर्ने एजेण्डलाई प्राथमिकता दिएको छ। ‘हामी सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको नेपाली पहिचानको रुपमा सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनस्र्थापना गर्छौं,’ घोषणापत्रमा लेखिएको छ ।

यस्तो छ राप्रपाको घोषणा पत्र(पुर्ण पाठ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =