कौटिन्हो यसै साता बार्सिलोना जादै

एजेन्सी– बार्सिलोनाले लिभरपुलका मिडफिल्डर फिलिप कौटिन्होलाई यसै साता क्लबमा भित्र्याउने भएको छ । विश्व कीर्तिमानी रकममा अर्का ब्राजिलियन नेयमार पेरिस सेन्ड जर्मेन (पिएसजी) गएपछि बार्सिलोनाले कौटिन्होलाई विकल्पको रुपमा हेर्दै आएको छ ।

नेयमारको ट्रान्सफरबाट २ सय २२ मिलियन युरो प्राप्त गरेको बार्सिलोनाले कौटिन्होलाई क्लबमा ल्याउन १ सय मिलियन युरो भन्दा माथि खरिचन लागेको बुझिएको छ । ब्राजिलको भरपर्दो मिडिया स्पोर्ट इन्टरटिभोले जनाए अनुसार यसै साता कौटिन्हो क्याटलान क्लब पुग्नेछन् । लिभरपुलले लामो समयदेखि उनलाई नबेच्ने बताएपनि खेलाडी आफैंले इच्छा देखाएपछि क्लबले मोटो रकमको सहमति गरेको हो ।

यसअघि बार्सिलोनाको दुई वटा औपचारिक प्रस्तावलाई नकारेको लिभरपुलले नेयमारको ट्रान्सफरपछि आएको ठुलो प्रस्तावलाई भने स्विकारीसकेको बुझिएको छ । कौटिन्हो लिभरपुलले पछिल्लोपटक खेलेको मैत्रीपूर्ण खेलमा उपस्थित रहेका थिएनन् । बिल्बाओसँग भएको खेलमा कौटिन्हो आवश्यक प्रक्रिया पुरा गर्नका लागि क्याटलान क्लबसँग निरन्तर सम्पर्कमा रहेका छन् ।

कौटिन्होको आगमनसँगै बार्सिलोनाले नेयमारको स्थानमा खेलाडी पाउनेछ । यससँगै मिडफिल्डमा पनि खेल्न सक्ने क्षमता भएका कौटिन्होले बार्सिलोनाको टोलीमा थप स्थिरता प्रदान गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *