त्रिपालले ढाकेर राखिएको एक करोडको गाडी मेयर शाक्यले केही दिनमै गुरुरु कुदाउँने !

काठमाडौं ,साउन २३ । स्थानीय तहको निर्वाचनअघि स्मार्ट सिटी बनाउन कसिएका काठमाडौंका मेयरहरु विलासी जीवन बिताउन लागिपरेका छन् । पदभार ग्रहणलगत्तै जनप्रतिनिधिहरुलाई महंगो स्मार्ट मोबाइल किन्ने निर्णय गरेर विवादमा तानिएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य फेरि अर्काे लफडामा मुछिएका छन् ।

अहिलेको महानगरको महंगो गाडीमा यताउती हिँडडुुल गर्दै आएका मेयर शाक्यले अर्को गाडी चाहिएको बताएसँगै महानगरले केही दिनभित्र करोडौंको गाडी उनका लागि खरिद गर्ने भएको छ । भर्खंरै एक करोड २० लाख मूल्यको टोयोटाको ‘फच्र्यूनर’ गाडी काठमाडौंमा आइपुगेको छ । मेयर शाक्यलाई त्यहीँ गाडी किन्ने निर्णय भएको स्रोतले बतायो ।

‘अहिले त्यो गाडी सोरुममा त्रिपालले ढाकेर राखिएको छ । गाडीको नम्बर प्लेट लिइएको छैन । अब,त्यो नयाँ गाडी केही दिनमै मेयर शाक्यले प्रयोग गर्नुहुन्छ होला ।’ स्रोतले भन्यो । शाक्यले अहिले चढ्दै आएको गाडी विगत ४ वर्ष अघि किनिएको हो । १९ बर्षपछिको स्थानीय तहको निर्वाचनअघि त्यो गाडी महानगरका कार्यकारी अधिकृतले चढ्दै आएका थिए ।

स्रोतले बताएअनुसार मेयर शाक्यले चढ्दै आएको यो गाडी कन्डिसनमा भएपनि नयाँ गाडी मगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *