दक्षिण एशियाली महिला सम्मेलन आज सकिँदै

काठमाडौं, साउन २३ । दक्षिण एशियाका स्थानीय सरकारमा महिलाको सहभागी अभिवृद्धि बढाउने उदेश्यले काठमाण्डौमा चलिरहेको दक्षिण एशियाली महिला सम्मेलन आज सकिँदै छ । हिजोबाट सुरु भएको सम्मेलनले स्थानीय सरकारमा महिलाको सहभागीता अवृद्धि गर्ने, राजनितिक पहुँच विस्तार गर्ने लगायतका विषयमा छलफल गरिरहेको छ ।

स्थानीय सरकरमा महिलाको सहभागीता र राजनितीमा महिलाको पहुँचको विषयमा दक्षिण एशियामानै साझा मंच बनाउने उदेश्यले सम्मेलनको आयोजना गरिएको आयोजक सस्था दक्षिण एशियाली गरिवि उन्मुलन मंच महिला अभियानका संयोजक सर्मिला कार्कीले जानकारी दिनुभयो ।

सम्मेलनले दक्षिण एशियाली तहमा महिलामैत्री राजनितिक वातावरण बनाउन पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । सम्मेलनमा अफगानिस्तान बाहेक सार्क राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, भुटान, बङ्गलादेश, श्रीलङ्का र भाल्दिभ्सका महिला प्रतिनिधीको सहभागीता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *