नेदरल्याण्ड्सलाई महिला युरो फुटबलको उपाधि

काठमाडौं, साउन २३ । नेदरल्याण्ड्सले पहिलो पटक महिला युरो फुटबलको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा डेनमार्कलाई ४–२ ले हराउँदै आयोजक नेदरल्याण्ड्सले इतिहासमै पहिलो पटक कुनै पनि मुख्य फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन भिभियानी मिदेमाले दुई गोल गरिन् भने लेईके मार्टीन्स र कप्तान सेरीदा स्पित्सेले एक–एक गोल गरे । डेनमार्कका लागि नादिया नादिम र पेर्नील हार्डरले एक–एक गोल गरेका थिए ।

जितसँगै नेदरल्याण्ड्सले युरोपियन महिला फुटबलमा अहिलेसम्मकै ठूलो सफलता हात पार्‍यो । सन् २००९ मा सेमिफाइनलसम्म पुगेको नेदरल्याण्ड्स यो प्रतियोगिता जित्ने चौथो राष्ट्र बनेको छ । उसले जर्मनीको २२ वर्षदेखिको वर्चश्वसमेत तोडेको छ ।

सन् १९९१ मा नयाँ ढाँचामा महिला युरो च्याम्पियनसिप सुरु भएयता नर्वेले एक पटक उपाधि जितेको थियो भने बाँकी ७ पटक जर्मनीले उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *